शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पत्रकार बोहराको पशुपति आर्यघाटमा अन्त्येष्टि १२ मङ्सिर

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • काठमाडौँ । पत्रकार कर्ण बोहराको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ । शुक्रबार मध्यबानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको आज साँझ अन्त्येष्टि गरियो ।karna-bohora

    श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा अचानक निधन भएको हो ।

    महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बोहराको पार्थिव शरीरमा महासङ्घको लोगो अङ्कित झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरे ।

    अन्त्येष्टि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सांसद प्रेम आले, नेकपा ९माओवादी केन्द्र०का प्रवक्ता पम्फा भुसाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियन नेपालका महासचिव अजयबाबु सिवाकोटीलगायतको उपस्थिति थियो ।

    बोहराको पार्थिव शरीरमा उनका दाजु जयलाल बोहराले दागबत्ती दिए । २०३५ असार २२ गते बझाङको स्याँडी गाविस–६ मा जन्मिनुभएका बोहरा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाको २०६८ देखि २०७१ सम्म अध्यक्ष रहेका थिए ।

    बोहरा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक थिए ।

    यसैगरी न्यूजट्वान्टीफोर टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुखसमेत रहेका बोहरा श्रीमतीको मिर्गौलाको उपचारका क्रममा काठमाडौँ आएका थिए । उनी मधुमेह रोगबाट ग्रसित रहेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij