शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पिक आवरमा उद्योगधन्दा नचलाउन विद्युत प्राधिकरणको अनुरोध

  • प्रकाशित मिति : आइतवार, मंसिर १२, २०७३



  • दाङ ।  दाङमा लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ । 15230668_1376726895695057_9169969222456480926_n
    कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै झन्डै कम भैसकेको अवस्थामा तुलसीपुर क्षेत्रमा पनि पिक आवरमा उद्योग तथा कलकारखानाहरु नचलाईदिन आग्रह गरे । उनले उद्योगहरुले खपत गर्ने विद्युत सर्वसाधरणहरुलाई दैनिक कामकाजमा सहयोग पु¥याउने उदेश्यले पिक आवरमा मात्र वेलुका ६ः००बजे देखि १०ः०० सम्म कुृनै पनि कलकारखानाहरु सञ्चालन नर्गन व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
    साथै यस अभियान अवधिभर निरन्तर अनुगमन हुने र यदि कसैले अटेरी गरेको पाईएमा मा कानुन वमोजिम कार्वाहि हुने समेत विद्युत प्राधिकरणले चेतावनी दिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले अन्य समयमा विद्युत प्राधिकरण वाट हुने कमिकम्जोरी तत्काल सुधार गर्नू पर्ने बताए ।
    कार्यक्रममा उद्योगी,व्यापारी, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij