शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

हत्यामा संलग्नलाई कारबाही माग, मृतकको श्रीमानसहित तीन पक्राउ

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • पाल्पा । तानसेनस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत बिनु पुलामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आज यहाँ विद्यार्थीले दिनभर विरोध प्रदर्शन गरेका छन् ।

    जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनले हत्यामा संलग्नमाथि कारबाही नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । ताहुँ–७ का दीपेन्द्र बस्यालसँग पुलामीको चार वर्षअघि अन्तर्जातीय विवाह भएको थियो । गत कात्तिक ४ गते हुँगी–२ अस्दीमा पुलामीको शव फेला परेको थियो । बिनुको हत्या गरिएको जनाई बुबा नरेन्द्रले प्रहरीमा जाहेरी दिएका थिए ।

    यसैबीच जिल्ला प्रहरी कार्यालयले नरेन्द्रको जाहेरीका आधारमा श्रीमान् दीपेन्द्र, दीपेन्द्रका बुबा र आमालाई नियन्त्रणमा लिएको छ । दीपेन्द्रलाई आइतबार काठमाडौँको सिनामङ्गल, बुबा लक्ष्मणलाई सिद्धबाबा र आमा पार्वतीलाई तानसेन–८ भगवतीटोलस्थित घरबाटै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए । जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij