शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

केसीको जीवनरक्षा गर : मानवअधिकार आयोग

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौँ  । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसंग आग्रह गरेको छ ।

    human rights coommissionआयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको स्वरुप जस्तोसुकै भए पनि डा केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराइन् । उनले डा केसीसँग वार्ता र संवादबाटै समस्याको समाधान खोजी यसप्रकारको घटनालाई पुनरावृत्ति हुन नदिनसमेत सरकारलाई आग्रह गरिन्।

    पटक–पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ – सरकारी अस्पतालका भवन तथा उपचारका उपकरण जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहरको सही व्यवस्थापन नहँुदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्या देखिएको छ । अस्पतालमा स्वच्छ पिउने पानी, खाना, शौचालय लगायतका भौतिक सामग्रीको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij