प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३
काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले निःशुल्क टेक्निल भ्यानको सेवा शुरु गरेको छ ।
आफ्ना ग्राहकहरुलाई निर्माण स्थलमा पुगेर सिमेन्टको परिक्षण रिपोर्ट प्रदान गर्न तथा निर्माण कार्यमा सहयोग गर्न कम्पनीले यो सेवा शुरु गरेको जनाएको छ ।
– भ्यानमा प्राविधिक सहितको टोली हुनेछ ।
-प्राविधिक टिममा नेपाल र भारतको सिमेन्ट उद्योगमा ३० वर्ष भन्दा बढीको प्राविधिक कार्य अनुभव भएका बरिष्ठ सिमेन्ट तथा कंक्रिट विज्ञ ईन्जिनियरहरु हुनेछन्
-यसले ग्राहकलाई परामर्श तथा जनचेतना प्रदान गर्ने लक्ष्य लिएको छ ।
-निर्माणस्थलमा नै पुगी प्रत्यक्ष देख्न सकिने गरी परीक्षण गरी सोको रिर्पोटको सेवा समेत उपलब्ध गराई निर्माण कार्यमा सहयोग पुर्याउनेछ ।
– सेवा लिन चाहनेले टोल फ्रि नम्बरमा सम्पर्क गर्न सक्नेछन् ः
टोल फ्रि नम्बरः
१६६००१२३२१ (नेपाल टेलिकम प्रयोगकर्ताहरुका लागि)
९८०१५७५५७५ (एनसेल प्रयोगकर्ताहरुको लागि)
-सेवा नेपाल अधिराज्यभर निःशुल्क उपलब्ध रहनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij