शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

राष्ट्रसंघीय नियोगमा कार्यरत दुई नेपाली सुडानबाट अपहरित

  • प्रकाशित मिति : सोमवार, मंसिर १३, २०७३



  • काठमाडौं । सुडानमा हतियारधारी समुहद्वारा दुई नेपालीसहित तीन जना अपहरणमा परेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) मा कार्यरत दुई नेताली र एक सुडानी नागरिक युद्धग्रस्त डार्फर क्षेत्रबाट अपहरणमा परेको समाचार संस्था एएफपीले जनाएको छ । unhcr
    उनीहरुको अवस्था अज्ञात छ । ‘पश्चिमी डार्फर राज्यको केन्द्र जेनेइनाबाट युएनएचसीआरमा कार्यरत दुई नेपाली र एक सुडानी नागरिक अपहरणमा परेका छन्, अपहरणकारीको खोजतलास भइरहेको छ’, पश्चिम डार्फर सरकारका प्रवक्ता अब्दुल्लाह अल नाबीले भनेका छन् ।

    जातीय अल्पसंख्यकले राष्ट्रपति ओमार हसन बसिरको बिरुद्धमा सन् २००३ देखि थालेको शसस्त्र संघर्षपछि डार्फरमा ३ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २५ लाख मानिस शरणार्थी बनिसकेको राष्ट्रसंघको भनाई छ ।
    दक्षिण सुडानको सरकारले जानीजानी सर्वसाधारणलाई दुख दिने नीति लिएको आरोप संयुक्त राष्ट्र संघले लगाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij