काठमाडौं । दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै दाङमा दवावमुलक कार्यक्रम सुरु हुने भएको छ । ‘दाङ प्रादेशीक राजधानी सरोकार समिति’ ले आजदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न लागेको हो ।
दिउँशो १ वजेबाट दवावमुलक कार्यक्रम सुरु हुने भन्दै समितिले आज पहिलो दिन प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने जनाएको छ । समितिका सदस्यसचिव सुदिप गौतमले दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयबाट निस्किएको बृहत र्यालीले बजार परिक्रमा गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने जानकारी दिनुभयो । उहाँले अब निरन्तर रुपमा आन्दोलनका कार्यक्रम हुने जानकारी दिनुभयो ।