शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गाविस सचिवहरु कार्यालयमा नबस्दा अपाङ्ग बालकले परिचयपत्र पाएन

  • प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३



  • सुर्खेत । गाविस सचिव कार्यालयमा नबस्दा गाविसवासीहरु सामान्य भन्दा सामान्य सेवाको लागि पनि मर्कामा परेको गुनासो आउने गरेका छन् ।
    गाविस सचिवहरु गाविस कार्यालयमा भन्दा सदरमुकाममै बढि बस्ने गरेकाले सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको उनीहरुले गुनासो गरेका छन् । प्रशासनले दिएको आदेशलाई अटेर गर्दै गाविस सचिवहरु सदरमुकाममै बसेर सेवा दिने गरेका छन् ।

    पछिल्लो समय यसको सिकार बनेका छन्, सुर्खेत जिल्ला पाम्का गाविसका डिलबहादुर खड्काका परिवार । डिलबहादुरका डेढ वर्षिय छोरा यमन खड्का शारीरिक रुपमा अशक्त छन् । डिलबहादुरले आफ्ना छोरा यमन खड्काको जन्मदर्ता बनाउनको लागि गाविसका सचिवलाई भेट्नका लागि पटकपटक गरेको प्रयास पनि असफल भएको छ । आफुले सेवा खोजेको समयमा पाम्का गाविसका सचिव कार्यालयमा उपस्थित नभएको डिलबहादुर खड्काले गुनासो गरेका छन् ।

    आर्थिक अभावका कारण डिलबहादुरले आफ्नो छोरा यमनको उपचार गर्नका लागि उपर्युक्त अस्पतालमा लैजान नसकेको भन्दै, जन्मदर्ता बनाउन पाए छोराको उपचारमा केही सहुलियत मिल्थ्यो भन्ने आशा रहेको खत्रीको भनाई रहेको छ ।
    उनले गाविस सचिव कार्यालयमा नबस्नुको पिडा पोख्दै भने, ‘आजसम्म गाविस सचिवको नाम के हो ? भन्ने पनि मलाई थाहा छैन, फोन नम्बर चाहिँ छ, फोन गर्दा हामी यहाँ वीरेन्द्रनगरको होटलमा बसेर सेवा दिन्छौँ, यतै आउनुस । यहिबाट सिफारीस तयार गर्दिउँला भनेर गाविस सचिवज्यूले भन्नुभएको छ’, उनले भने। डिलबहादुरका श्रीमान श्रीमती अहिले वीरेन्द्रनगरको व्यस्त शहरमा आफ्नो (पाम्का) गाविसका सचिवलाई खोज्दै हिँडेका छन् ।
    जन्मदर्ता बिना महिला तथा बालबालिकाको कार्यालयले अपाङ्ग परिचयपत्र नदिने भएकाले डिलबहादुर छोरा यमनको जन्मदर्ता बनाउनका लागि गाविस सचिवको खोजीमा हिँडेका हुन् ।

    यता पाम्का गाविसका सचिव भिमबहादुर ठाडाले भने, आफुहरु गाविसमै बसेर जनतालाई सेवा दिईरहेको भन्दै कहिलेकाही संयोगले भेट नहुनु स्वाभाविक रहेको बताएका छन् ।

    गाविसवासीले सचिव गाविसमा नबस्दा सानासाना कामका लागि पनि सदरमुकाम धाउनुपरेको गुनासो गरिरहँदा ठाडाले गाविसमै बसेर सेवा दिने गरेको दाबी गरेका छन् ।

    यता जिल्ला विकास समिति सुर्खेतका स्थानीय विकास अधिकारी अमृत लम्सालले भने, तालिम, गोष्ठि लगायतका अनिवार्य कार्यक्रमहरु बाहेक अन्य समयमा गाविस सचिवहरुले गाविसमै बसेर सेवा दिनुपर्ने बताएका छन् । विनाकारण कुनै पनि गाविस सचिवहरु कार्यालयमा नगई सदरमुकाममा बसेर सेवाग्राहीहरुले सेवा नपाएको गुनासो गरेको खण्डमा आवश्यक छानबिन गरिने लम्सालको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij