प्रकाशित मिति : बुधबार, मंसिर १५, २०७३
वीरगन्ज । वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले उपचार खर्चको जिम्मा लिएपछि एक नवजात शिशुको उपचार शुरु भएको छ । वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा बच्चाको उपचार गराउन आएको एक दम्पती पैसाको अभावमा छटपटाईरहेका थिए ।
मंगलबार पनि बिहान वीरगञ्ज युवा समाजका अध्यक्ष चौगाई नारायणी उपक्षेत्रिय अस्पतालको एनआईसीयु बाहिर पुग्दा उक्त दम्पती देखेका थिए । उनीहरुसँग कुरागरेपछि अध्यक्ष चौगाईले बच्चाका उपचार खर्चको जिम्मा लिएका थिए । 
दुई दिन पहिला जन्मेको बच्चा देखाउदै नवजात शिशुका पिता राजकुमार रम्बा र उनकी श्रीमती सुस्मा रम्बाले दु ख पोखेका थिए । अस्पताल प्रशासनल दैनिक १५ सय रुपैयाँ तिरेर बच्चालाई एनआईसीयुमा भर्ना गर्नुपर्ने बताएको थियो । तर, बारा कुसमाडी–९ बाट आएको यो दम्पतीसँग पैसा थिएन । यहीकारण उनीहरु तनावमा थिए ।
अध्यक्ष चौगाईले बच्चालाई भर्ना गर्न अनुरोध गरे र बच्चाको उपचार खर्चको जिम्मा आफुले लिने बताए । त्यसपछि अस्पतालकैै गाईनो वार्डमा भर्ना गराईयो । बच्चाको आमा पनि निकै नै कमजोर अवस्थामा छिन् । शरीरमा आवश्यक पौष्टिक तत्वको अभाव देखिएको अस्पतालमा कार्यरत नर्सिङ ईन्चार्ज विशाखा चौधरीले बताइन् ।
नवजात शिशुलाई करिब ७ दिन सम्म अस्पतालको एनआईसीयुमै राखेर उपचार गर्नु पर्ने डा. प्रविन सिंहले बताए । बच्चा जन्मने बेलामा भेक्युमबाट बाहिर निकालेकाले बच्चाको टाउकोमा घाउ भएको र स्वास सम्बन्धि समस्या देखिएको डा. सिंहले रातोपाटीलाई बताए ।
यता वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई विभिन्न संघ संस्थाहरुसँग सहयोगका लागि पनि अपिल गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij