प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३
डोटी । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष कर्ण बोहराको अप्रत्याशित निधनपछि दुवै मृगौला काम नलाग्ने भइ प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी बोहराकी धर्मपत्नी ममता बोहराको उपर्चाथ सहगोग गर्न पत्रकार महासंघ सुदूरपश्चिम समन्वय समितिले सबैसंग आग्रह गरेको छ ।
जारी अपिलमा लेखिएको छ ‘ यस दुखद तथा चुनौतिपूर्ण घडीमा उहांहरुलाई आर्थिक सहयोगको अत्यन्तै खाँचो छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, विदेश तथा जिल्ला शाखाहरुबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दछु । यत्तिले मात्रै ममता वोहराको उपचार खर्चको आवश्यकता पूरा हुने अवस्था छैन । यसर्थ उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोगको याचनासहित सहयोग गर्न चाहाने मिडिया संस्था, पत्रकार, उद्योगी, व्यवसायी र आम सर्वसाधारणहरुलाई नेपाल पत्रकार महासंघका सुदूरपश्चिमका जिल्ला शाखाहरु मार्फत उपलब्ध गराइ दिन हुन अनुरोध छ ।’
काठमाण्डौंको भेनिस अस्पतालमा श्रीमतीको उपचार गराई रहेका बोहरा कुरुवा बसेको अबस्थामा अस्पतालको बेडमा सुतेको अबस्थामा मृत भेटिएका थिए । उहाँकी धर्मपत्नी ममताको दुबै मृगौला फेल भएका छन । मृगौला प्रत्यारोपण गर्नका लागी सहयोग जुटाउनका लागी आग्रह गरेका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij