शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सुदूरपश्चिमका तीन जिल्लाका एकसय ४१ बेपत्ता

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • कञ्चनपुर । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् ।

    निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो ।

    “भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ”, निड्सका कार्यक्रम व्यवस्थापक प्रकाश मडैले भने । उनका अनुसार बेपत्ता भएका व्यक्ति पाँचदेखि बीस वर्षको अबधिसम्म परिवारको सम्पर्कमा नरहेको पाइएको छ ।

    संस्थाले गरेको अध्ययनअनुसार तीनवटै जिल्लाका ६३ प्रतिशत काम गर्ने उमेरका युवा भारतमा मजदुरीका लागि जाने गरेका छन् । भारतमा मजदुरी गर्न जानेमध्ये ६० प्रतिशतसँग कमाएको पैसा सुरक्षित राख्नका लागि बैंक खाता नहुँदा उनीहरुको विप्रेषणसमेत जोखिममा रहेको पाइएको व्यवस्थापक मडैले बताए ।

    संस्थाले विप्रेषण सुरक्षित राख्नका लागि भारतमा जानेको समूह बनाई बैंकमा खाता खोल्न र बैंकमार्फत पैसा पठाउनका लागि सचेतना दिने कार्य गरिएको उहाँको भनाइ रहेको छ ।

    “एक वर्षको अबधिमै दुईसय प्रवासीले बैंकमा खाता खोली कारोबार गर्न थालेका छन्”, उनले भने । सन् १९५० को नेपाल—भारत मैत्री सन्धिका आधारमा दुवै देशका नागरिक बिना रोकटोक नेपाल–भारत ओहोरदोहोरका साथै सम्पत्तिको व्यावसायिक अधिकार प्रयोग गर्दै आएका छन् ।

    एक देशबाट अर्को देश जानका लागि कुनै भिसा, प्रमाण नचाहिने र निर्बाधरुपमा नेपाली भारत र भारतीय नेपालमा आएर रोजगारमा संलग्न हुने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij