शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दलित बालबालिकालाई शिक्षित बनाउने अभियान

  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७३



  • जनकपुर । धनुषाको बरमझिया वडा नं. २ हाल गणेशमान चारनाथ नगरपालिका वडा नं. १० मा विद्यालय बाहिर रहेको दलित बालबालिकाहरुका लागि संचालित अतिरिक्त कक्षामा पत्रकार गोबिन्द ठाकुरले शैक्षिक सामग्री वितरण गरेका छन् ।

    मानवअधिकारकर्मी बिनोद महरा, पत्रकार राम एकवाल महराको विशेष पहलमा कार्तिक १७ देखि शुरु गरिएको अतिरिक्त कक्षा (ट्यूसन) मा ८० भन्दा बढी दलित बालबालिकाहरु अध्ययन गरिरहेका छन् ।

    dalit-balbalika-lai-saikshik-samgri-2तीन वटा शिक्षक राखी तत्काल सुरु गरिएको सो अतिरिक्त कक्षा बिहान बेलुका २÷२ घण्टा चलिरहेको छ ।

    बरमझियामा रहेको ४५ घरपरिवार रहेको दलित समुदायका ८० भन्दा बढी बालबालिकाहरुले पढ्न पाएका थिएनन् । उनीहरु खेतमा काम गर्ने, गाईबाख्रा चराउने लगायतका काम मात्र गरिरहेका थिए । अहिले घरमै अध्ययन गर्न पाएपछि अभिभावक र विद्यार्थी दुबै खुशी छन् ।

    ती बालबालिकाहरुलाई विद्यालय नियमित जानको लागि वातावरण सिर्जना गर्ने र बिहान बेलुका संयुक्त रुपमा अध्यन अध्यापनको वातावरण सिर्जना गर्ने उद्देशयले अतिरिक्त कक्षाको सुरुवात गरिएको मानवअधिकारकर्मी बिनोद महराले बताए ।

    दलित महरा समुदायलाई परिवर्तनको पाटोतिर लग्न अतिरिक्त कक्षाको सञ्चालन गरिएको पत्रकार रामएकवाल महरा बताउँछन् ।

    यस समुदायमा जातको नामले रहेको मुसहर टोल, चमार टोल, डोम टोल जस्ता सम्बोधन गरी होच्याउने प्रवृति रहेकोले यस समुदायलाई परिवर्तनको निम्ती चलाईरहेका अतिरिक्त कक्षामा पत्रकार ठाकुरले शैक्षिक सामग्री बाँडेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij