शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

गोब्रे च्याउ, दाङमा नयाँ तरिकाले उत्पादन

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • बिनिता शर्मा , दाङ । दाङको घोराही ९ मा बिगत दुई बर्ष देखि  बसोबास गर्दै आएका प्युठान जिल्ला रजवारा ६ का मनिराज पुनले जीवनमा विभिन्न सीपहरुको तालीम लिएको बताउछन ।mushroom320161104_092114

    पुन नेकपा एमाले दाङको जिल्ला सदस्य , नेपाल लोकतान्त्रिक जनजाति महासंघ दाङको जिल्ला उपाध्यक्ष र नमछु बौद्ध गुम्बा समिति घोराही दाङको सदस्य रहेका छन । हाल उनी च्याउ तरकारी खेतीमा आबद्ध छन । 

    अहिले दुई बर्ष देखि गौमुखी च्याउ फम कानुनी प्रक्रियामा दर्ता गराएको उनले बताउछन । नेपाल सरकारले बजारमा फिक्स मुल्य निधारित नगरेको हुनाले धेरै दुख र आम्दानी गर्न गार्‍हो भएको पुनको गुनासो छ ।    

    अहिले परालको निकै अभाव भएको उनी बताउछन । उनी भन्छन “अहिले नेपालमा प्राय किसानहरुले मेसिनबाट धान दाउछन , मेसिनले पराललाई धुलो बनाउछ, धुलो परालमा च्याउ खेती राम्रो हुँदैन ।” पुनका अनुसार गौमुखी च्याउ फममा दुई जना कर्मचारी र अस्थाई रुपमा १० जनालाई रोजगार दिएका छन । 20161104_092259

    उनी भन्छन “दुई जना कर्मचारीलाई ३५% कमिसन दिएको छु, अन्यलाई दिन गन्तीको हिसाबले तलब दिन्छु । म माओवादी प्युठानबाट अति पीडित भएर कतार भौतारिएको  युवा हुँ । कतारको लामो बसाइँ संगै विभिन्न ८ मुलुकहरुको भ्रमण  गरेको छु ।” 20161104_092449-1

    प्रवासमा बस्दा त्यहा भएका विभिन्न सामाजिक संघ सस्थामा आबद्ध भएको उनी बताउछन ।  आफ्नो मुलुकमा च्याउ ब्याबसाय गरेर बस्ने इच्छा भएको तर च्याउ उत्पादन गर्नका लागि आवश्यक सामाग्री  दाङमा नपाएको दुखेसो उनी पोख्छन ।

    हाल २  कठ्ठा जग्गामा च्याउ खेती गरेका पुनले अब ५ कठ्ठा जग्गामा गर्ने लक्ष्य रहेको बताउछन ।

    आवश्यक सामाग्री नपाउदा पनि उनले दैनिक ५००० 20161104_092210देखी २०००० सम्मको च्याउ बेच्ने गरको उनी बताउछन । घर खर्च र ४ जनाको परिवार च्याउ खेतीबाटै चल्ने गरेको पुनले बातए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij