शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

यी वृद्ध आमा, जसले आफ्नो सन्तान मात्रै एक सय १५ जना देखिन् !

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १७, २०७३



  • पोखरा, १७ मंसिर । एक जना वृद्ध महिलाको छोरा छोरीदेखि खनाति खनातिनीसम्म गरी कति सन्तान हुन सक्छन् रु बढीमा ५०, ६०, ७०, ८० । तर, गुल्मी रुरु गाविस–३, च्युरेककी भिमला ज्ञवालीको भने छोरा छोरीदेखि खनाति खनातिनीसम्म गरी एक सय १५ सन्तान छन् ।
    एक सय चार वर्षको उमेरसम्म एक सय १५ सन्तान देखेका भिमलाको बिहीबार दिउँसो निधन भएको छ । नाति उपज ज्ञवालीले उनले बोल्दाबोल्दै देह त्याग गरेको बर्ता । भिमलाको बिहीबार नै पवित्र धार्मिकस्थल रिडी, कालीगण्डकी किनारमा अन्त्येष्टी गरिएको छ । शवमा कान्छो छोरा परमानन्दले दागबत्ती दिएका थिए । दीर्घजीवन बाँचेकी ज्ञवाली जिल्लाकै सबैभन्दा पाको उमेरकी थिइन् ।
    गुल्मीकै सिमीचौरमा बाबु कलाधर र आमा देवकला गौतमबाट ज्येष्ठ सन्तानको रुपमा भीमलाको १९७० वैशाखमा जन्म भएको थियो । नेपाली नागरिकतामा उनको जन्ममिति १५ वैशाख १९७० रहेको छ । उनले २०७० सालको मातातीर्थ औंसीका दिन १ सय ६ जना सन्तानको साथमा जन्मदिनको सत्वार्षिकीसमेत मनाएकी थिइन् ।
    भिमला ज्ञवाली दम्पत्तिका पाँच बहिनी छोरी र दुई भाइ छोराको हाँगोबाट फैलिएका नाति, नातिनी, पनाति, पनातिनी, खनाति र खनातिनी गरी हालसम्म करिब १ सय १५ जना सन्तान छन् ।
    उनको जेठो छोरा मुमेश्वरको गत वर्ष र जेठी छोरीको २ वर्षअघि निधन भएको थियोे । भीमलाका भाइ टीकारामले पनि दीर्घजीवन बाँचेका थिए । ५ वर्षअघि ९७ वर्षको उमेरमा टीकारामको निधन भएको थियो । ७६ वर्षीया एक बहिनी मानकुमारी जीवित छन् ।
    ६ वर्षको कलिलै उमेरमा जयनीधि ज्ञवालीसँग उनको विवाह भएको थियो । ४२ वर्षको हुँदा २०१२ सालमा पति वियोग झेलेकी उनी कान्छो छोरा परमानन्दसँग बस्दै आएकी थिइन् ।
    बुढ्यौलीमा पनि उचित स्याहारसुहार, खानपीन एवं सरल तथा शान्त स्वभावले भीमला दीर्घजीवी भएको आफन्त बताउँछन् । पछिल्लो समय आँखाको दृष्टि केही कमजोर रहे पनि उनका कुनै पनि रोग नभएको कान्छी बुहारी उषा सम्झिन्छिन् । उनको सरल स्वभाव र सरल दिनचर्या एवं सकारात्मक सोचाइ सबैको लागि अनुकरणीय रहेको नाति हरि ज्ञवालीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij