प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३
मंसिर १९, २०७३- नवलपरासीको गैंडाकोटमा शनिबार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैंडाको १६ अमरापुरीमा पश्चिमबाट पूर्व जाँदै गरेको लु २७ प ६१२५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय उमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट गम्भीर घाईते नेपालीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक रजहर प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij