प्रकाशित मिति : बुधबार, मंसिर २२, २०७३
इटहरी । सुनसरी मोरङ औघोगिक करिडोर अन्तर्गत सुनसरीको दुहबीस्थित फर्म उघोगमा गए राती भएको आगलागीमा १० करोड भन्दा बढी क्षति भएको छ ।
दुहबी ४ स्थित कदमगाछीमा रहेको हनुमान्त पोलिट्याक फर्म उघोगका संञ्चालक मनिस अग्रबालले आगलागीमा उघोग पूर्ण रुपमा क्षति भएको र करिब १० करोड बढी क्षति भएको दाबी गरेका छन् । 
दुहबीका प्रहरी निरीक्षक शिव पोखरेलका अनुसार,
–इलोट्रोनिक्स सामानहरुमा प्रयोग हुने फर्म उघोगमा गए राती ६.१५ देखी शुरु भएको आगलागी बिहान २ बजे पछि मात्र नियन्त्रणमा आयो ।
–आगलागी नियन्त्रण गर्न दमकलहरुलाई निकै मुस्किल परेको थियो ।
–उघोग भित्र एलपीजी ग्यासका ठुला ठुला सिलिण्डर आगलागीमा परी बिस्फोट भएका कारण आगलागी नियन्त्रणमा आउन ८ घण्टा समय लाग्यो ।
–उघोग भित्र रहेको एक पिकअप भेन समेत जलेर नष्ट भएको छ ।
–करिब एक बिगहा क्षेत्रफलमा संञ्चालित उघोगका सबै संरचना जलेर नष्ट भएको छ ।
–आगलगी कसरी शुरु भयो भन्ने बिषयमा अझै यकिन हुन सकेको छैन ।
आगलागीमा परी तिनजनाको थप उपचारको लागी धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान लगिएको छ ।

उघोगका संञ्चालक मनिस अग्रबालले भने
–फर्म उत्पादन गर्न हाइट्रोजन ग्यास र एलपीजी ग्यास प्रयोग हुने भएकाले कतै ग्यास लिक भएर आगो सल्किएको हुन सक्छ ।
१० देखी १५ करोड सम्मको क्षति भएको हाम्रो अनुमान छ ।
आगलगाी नियन्त्रण गर्न शसस्त्र र नेपाल प्रहरीको ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । इटहरी, दमक, धरान, बिराटनगर र इनरुवाबाट आएको दमकलले उघोगमा लागेको आगो नियन्त्रणमा ल्याएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij