शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

महिलाको अगुवाइमा गाउँ छाउपडीमुक्त घोषणा

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • जुम्ला । यहाँको लाम्रा गाविस वडा नं ६ र ७ को हियाँखोला गाउँ छाउपडीमुक्त घोषणा भएको छ ।

    स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो । हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिइन् । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उनले बताइन् ।

    “हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ” – खुसी व्यक्त गर्दै माया कामीले भनिन् । रुप्सी न्यौपानेले यहाँका महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बताइन् । उनले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप÷सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो स्थानमा पु-याएको बताइन् ।

    लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिए ।

    स्वास्थ्य चौकी इञ्चार्ज गुरुप्रसाद चौलागार्इंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिए ।
    स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–ग्रुप÷सर्वोदय नेपालको सहभागितामा विधिवत् रुपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिए ।

    परम्परागत रुपमा जरो गाडेको कुप्रथा अन्त्यको घोषणा गरिरहँदा यहाँका महिलाले आजको दिनलाई निकै ठूलो खुसियाली र सुखको दिनका रुपमा लिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij