शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ध्यान नदिँदा लोप हुने भयो भेडा व्यवसाय

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • पाल्पा । आयआर्जनको राम्रो माध्यम बन्दैआएको भेडापालन व्यवसायमा किसानको उचित ध्यान नपुग्दा जिल्लाबाटै लोप हुने भएको छ ।

    यहाँका किसानले भेडाका लागि खोर व्यवस्थापन, आहारा, चरन, उपचार र सरसफाइमा ध्यान नदिँदा यो व्यवसाय लोप हुन लागेको हो ।

    जिल्लाको कसेनी, रुप्से, चिदीपानी, हुमिन गाविसको तल्लो क्षेत्र र रामपुर नगरपालिकाको बेझाडस्थित दरैगाउँमा व्यावसायिक रुपमा भेडा पालिन्थ्यो । पहिला यहाँ गाई, गोरु, बाख्राका तुलनामा भेडाको सङ्ख्या धेरै हुन्थ्यो तर अहिले भेडा नै लोप हुन लागिसकेका छन् ।

    कसेनीका बुद्धिबहादुर कुमालले एक बखत मैले यहाँ झण्डै ५० वटा भेडा चराउने गर्दथेँ तर अहिले एउटा भेडा पनि देख्न पनि मुस्किल परेको छ भन्छन् ।

    युवा पुस्ताले पुरानो व्यवसाय नअपनाउने, व्यवस्थापन पक्ष कमजोर र वैदेशिक रोजगारतर्फ आकर्षण बढेकाले यो व्यवसाय हराउँदै गएको उनी बताउँछन् ।

    हिन्दूको धार्मिक संस्कारमा पञ्चवली चढाउँदा भेडा अनिवार्य मानिन्छ । बोकाको तुलनामा भेडाको भाले ९थुमे० को मूल्य दोब्बर पर्ने भएकाले गाउँमा केही व्यक्तिले मात्र न्यूनरुपमा मात्र भेडा पालेका छन् ।

    भेडा बिरामी हुँदा उपचारमा ध्यान नदिने गरेका कारण पनि यो व्यवसाय लोप हुँदै गएको स्थानीय बासिन्दा तिलकराम घिमिरेको भनाइ छ ।
    मदनपोखरास्थित पशुसेवा केन्द्रका प्राविधिक शेरबहादुर राना पनि कुनै समस्या हुँदा प्राविधिकको सल्लाह लिने, परीक्षण गर्नेजस्ता कार्यमा चासो नदिएकाले भेडापालन व्यवसाय लोपहुँदै गएको बताउँछन् ।

    आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा भेडा पाल्नसके आम्दानीको राम्रो माध्यम हुने सम्बद्ध क्षेत्रका प्राविधिकको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij