शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

दुईसयभन्दा बढी महिला हिंसाको सिकार

  • प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३



  • काठमाडौँ ।  लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा २७१ भन्दाबढी महिला विभिन्न किसिमको हिंसाको सिकार बन्नुपरेको अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले बताएको छ ।

    सो अवधिमा सबैभन्दा बढी २४२ जना घरेलु हिंसाको सिकार बन्नुपरेको छ । पाँचजना महिलाको परिवारजनबाट हत्या भएको, कथित बोक्सीको आरोपमा तीनजना, यौन दुव्र्यवहारमा दुई जना, नौजना महिलामाथि बलात्कार तथा तीनजना महिलामाथि बलात्कार प्रयासका घटना भएको, बहुविवाहका कारण चारजना, बालविवाहका कारण दुईजना, बेचबिखनको प्रयासका कारण तीन जना पीडित भएका इन्सेकका अध्यक्ष सुबोध प्याकुरेलद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरेपनि हिंसाको प्रकृति फरक भएपनि सङ्ख्यात्मकरुपमा कमी आउन सकेको छैन ।

    हिंसाको प्रकृतिअनुरूप सजायको कानुनी प्रावधान तर्जुमा गरी कारबाहीको प्रक्रिया अघि नबढाएसम्म यस्ता घटनामा कमी नआउने अध्यक्ष प्याकुरेलको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij