प्रकाशित मिति : आइतवार, मंसिर २६, २०७३
मंसिर । भाँचिएको पुलका कारण अवरुद्ध भएको राजमार्गलाई प्रहरीले डाईभर्सन बनाएर सुचारु गरेको छ । बौलाहा पुलको उत्तर साईडबाट दुईटा डाईभर्सन बनाई पुर्व तथा पश्चिम आवतजात गर्ने सवारी साधनहरुलाई वनवे गरि पठाउने गरिएको छ । 
आज विहान ३ बजे पुर्वपश्चि राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली १२ दलदले स्थित बौलाहा खोलाको पुल ना ६ ख ३०१७ नम्बरको ट्रकको ठक्करले भाँचिएपछि राजमार्ग अवरोध भई यात्रुहरु अलपत्र परेका थिए ।
भाँचिएको पुलको एकासाईडबाट पैदल यात्री तथा हल्का सावरी मोटरसाईकलहरु पठाउने गरिएको छ भने खोलमा डाईभर्सन बनाई ठुला सवारी साधनहरु पठाईने गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बाटो वन वे भएपनि सवारी साधनहरुको चापले बाटो जाम भएको छ । राजमार्ग अवरुद्धले पश्चिम रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको थियो भने पुर्व मुकुन्दपुरसम्म सवारी साधनहरुको लाम लागेका थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij