शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पाँचौ धादिङ महोत्सव पुस ७ गतेदेखि

  • प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३



  • धादिङ उद्योग वाणिज्य संघले आगामी पुस ७ गतेदेखि १७ गतेसम्म पाँचौ धादिङ महोत्सवको आयोजना गर्ने भएको छ  । धादिङबेसीमा हुने महोत्सवको लागि आवश्यक तयारी तीब्र पारिएको छ ।

    ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष बोधनाथ दुवाडीले बताए ।

    जिल्ला विकास समिति तथा निलकण्ठ नगरपालिकाको सह-आयोजना र हंसराज हुसालचन्द एण्ड कम्पनीको प्रमुख प्रायोजनमा हुन लागेको महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण रहेको आयोजकहरुले जानकारी दिएका छन्  ।

    यसैगरी हस्तकलाको प्रदर्शनी, जडीबुटी तथा बनपैदावारको प्रदर्शनी, बन्यजन्तु संरक्षण डकुमेनटी प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी गरिने छ । महोत्सवमा करिब १ सय ७० वटा स्टल रहनेछ ।

    महोत्सवमा धादिङ जिल्लाको  पर्यटकीय  क्षेत्रहरुको प्रचारप्रसार एवम् प्रवर्द्धनको लागि प्याराग्लाइडिङ तथा हेलिकप्टरबाट दृश्यावलोकन एवम् जिल्लाको पर्यटकीय क्षेत्रहरुको जानकारी गराउनुको साथै विभिन्न जातजातिको भेषभुषा झल्कने संस्कृतिको प्रदर्शनी रहेको बताइएको छ ।

    अघिल्ला महोत्सवहरु जस्तै यसपटक पनि कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि महोत्सवको आयोजना गरिएको  संघका अध्ययक्ष दुवाडी बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij