आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको छु : दाहाल

  • प्रकाशित मिति : शनिबार, असार २७, २०७७



  • काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको बताउनुभएको छ ।

    चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागेको बताउनुभएको हो ।

    नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको भन्दै हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्नेमा आफू सचेत रहेको उल्लेख गर्नुभयो ।

    हतार गरेर कुनैखालका गतिविधि नगर्न कार्यकतालाई आग्रह गर्दै दाहालले एकताको पक्षमा दृढ भएर उभिने समय आएकोमा जोड दिनुभयो ।

    उहाँले कम्युनिस्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने विश्वास दिलाउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij