प्रकाशित मिति : सोमवार, मंसिर २७, २०७३
विद्यालय जान घरबाट निस्किएका धुषा–१ आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् ।
बेनिघाटस्थित चन्द्रोदय माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी गत मंसिर १७ गतेदेखि वेपत्ता भएका हुन् । सन्तोषका बुबा शंकर गिरीले भने, ‘बिहान स्कुल जान ड्रेस लगाएर घरबाट निस्किएको स्कुल पुगेकै रहेनछ, आफन्त र साथीहरु भएको सबै ठाउँमा खोजियो कतै पनि भेटिएन ।’
सन्तोषका बुबाका अनुसार सन्तोषले उनका एकजना साथीलाई ‘मेरो किताब तिमी पढ, पछि भेटौंला’ भनेर निस्किएका थिए । यसअघि घर छोडेर कतै नगएका सन्तोषको खोजी सबैठाउँमा गर्दा नभेटिएपछि परिवार चिन्तामा परेका छन् । बालुवा खानी र त्रिसुली नदिमा समेत सन्तोषको खोजी गर्दा नभेटिएको सन्तोषका दिदी सीता गिरीले बताइन् । सन्तोषले रातो सर्ट र कालो पाइन्ट लगाएका छन् ।
पृथ्वी राजमार्गका ठाउँ-ठाउँमा फोटो छोडेर सन्तोषको खोजी भइरहेको आफन्तहरुले बताएका छन् । सन्तोषको खोजी गरिदिन उनका परिवार र आफन्तहरुले विभिन्न निकायहरुमा हारगुहार गरिरहेका छन् । देख्ने वा भेट्नेले सन्तोषको बुबा शंकर गिरीको मोबाइल नम्बर ९८१८७९०५४१ मा खबर गरिदिन आग्रह पनि गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij