शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

प्रमको निर्देशनपछि मध्यपहाडी लोकमार्ग कालोपत्रको काम तीव्रगतिमा

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  • खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढाइएको छ । कच्ची अवस्थामा रहेका दुवै सडक प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको निर्देशनमा कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढाइएको हो ।

    दुई वर्षअघि देखि कालोपत्रको काम थालिएको सडक अनुगमनका लागि कात्तिक २३ गते खोटाङ आएका प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई छिटो तथा गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको ठाडो निर्देशनपछि अहिले दुवै सडकको कालोपत्र गर्ने काम तीव्रगतिमा अगाडि बढेको छ ।

    अहिले दुवै सडक फराकिलो पार्ने, ग्याभियन वाल भर्ने, ग्राभेलिङ तथा रोलिङ गर्ने लगायतका काम तीव्रगतिमा भइरहेको ठेकेदारहरुले बताएका छन् । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएका दुवै सडक कालोपत्रको काम ठेकेदार कम्पनीको लापरबाहीले गति लिन नसकेको सबैतिरबाट जनगुनासो आएपछि प्रधानमन्त्री प्रचण्ड आफै निरीक्षण तथा अनुगमनका लागि खोटाङ आएका थिए ।

    जिल्लाको प्रमुख मार्गका रुपमा रहेको दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने जिम्मा लामा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको छ । हलेसीदेखि बिजुलेसम्मको १२ किलोमिटर सूर्यदेवी कन्काई तथा बिजुलेदेखि दिक्तेलसम्मको २४ किलोमिटर कालोपत्र गर्ने जिम्मा नागार्जुन र लामा नागार्जुन त्रिशूलीले लिएको हो ।

    एसियाली विकास बैंक ९एडिबी०को आर्थिक सहयोगमा तीन वर्षभित्र कालोपत्रको काम सम्पन्न गर्नेगरी काम थालिएको सडक यसअघि सुस्तगतिमा रहेको थियो । पछिल्लो समय दुवै सडकको कालोपत्र गर्ने कामले गति पाएपछि अहिले जिल्लामा यातायात सञ्चालन गर्नसमेत सहज भएको यातायात व्यवसायी सङघ, खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

    दिक्तेलदेखि चखेवासम्मको करिब ४६ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा गोल्डेन गुड प्रालिले लिएको छ । छिमेकी जिल्ला भोजपुरसँग सिधा यातायात जोड्ने सडक करिब रु एक अर्बको लगानीमा कालोपत्र सम्पन्न हुने आयोजनाका इन्जिनियर युवराज पाण्डेले जानकारी दिएका छन् ।

    करिब दश वर्षअघि देखि यातायात सञ्चालन भएको मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक कालोपत्र नहुँदा हिउँदमा मात्र यातायात सञ्चालन हुँदै आएको छ । पछिल्लो समय दुवै सडकमा कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि जिल्लावासी हर्षित भएका छन् ।

    धुलाम्मे तथा हिलाम्मे सडक कालोपत्रको काम तीव्रगतिमा अगाडि बढेपछि आसपासका कामदारले गाउँमै रोजगारीसमेत पाएका छन् । ठेकेदार कम्पनीले मेसिनरी उपकरणसँगै गाउँका स्थानीयवासीलाई काम गर्ने वातावरण मिलाएका छन् । दुवै सडक तोकिएकै मितिमा सम्पन्न नभए पनि चाँडै सम्पन्न हुनेमा जिल्लावासी विश्वस्त बनेका छन् । सडक कालोपत्र भएपछि राजधानी काठमाडौँलगायत छिमेकी जिल्ला आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij