शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सारङ्गी रेटेरै लालबहादुरले हुर्काए ९ सन्तान

  • प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३



  •  गोरखा । मसेल गाविस ९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारङ्गीको धूनसँगै गीत सुन्न पाइन्छ ।
    गाउँलेका घर, आँगन पुगेर सारङ्गीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षिय लालबहादुर गन्धर्व । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनले गाएर सुनाउँछन् । नौ वर्षको हुँदा सारङ्गी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् । सारङ्गी रेटेरै नौ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए । अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारङ्गी बोक्छन् र गीत गाउँछन् ।

    उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पु¥याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् । उनले रचना गरेको ‘किन दियो हातगोडा चलुञ्जेल सारङ्गी रेटेरै गीत गाउने धोको उनको छ । उनका जेठो छोरा एकबहादुर सारङ्गी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्र बहादुरको निधन भइसक्यो ।
    काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरो सुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् ।
    ठूलोकान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमती गाजली गन्धर्वले जानकारी दिइन् ।
    बिसं २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् । ‘दसैं, तिहारमा गाउँ डुल्दा एकै दिनमा पाँच÷छ हजार रुपैयाँ पनि कमाएँ’ – लालबहादुरले भने ।

    सारङ्गी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् । ‘आजभोलि कमाइ हुनै छाडेको छ,’ उनले भने – ‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्ँिदन ।’
    अहिले दिनहुँ रु चार पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् ।उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए । सारङ्गी रेटेर कमाएको पैसाले घर, व्यबहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् । ‘भूकम्पले भत्काएको घर बनाउनुपर्नेछ,’ उनले भने  ‘सङ्घर्ष गर्दैमा जीवन बित्ने रहेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij