प्रकाशित मिति : मङ्लबार, मंसिर २८, २०७३
सिरहा। एकसातायता चलेको शितलहरका कारण सिरहालगायत तराइको जनवीवन प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी व्यसक्याम्प गोलबजारले सर्वसाधारणका लागि सार्वजनिक स्थलहरुमा मंगलबार दाउरा वितरण गरेको छ ।
गोलबजारक्षेत्रमा दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् । प्रहरीले बस विसौनी, मासिको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको जनाएको छ । प्रहरीले गोलबजारको गोलबजार, चोहर्वा, कसहाका बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जाडो अत्यधिक भएकोले कामविशेषले बजारसम्म आउने सर्वसाधारण तथा यात्रीहरुको लागि आगोको व्यवस्था गरिएको बताए । आवशयकताअनुसार अझै वितरण गरिने उपाध्यायले बताए ।
विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले मौसत अत्यधिक चिसो बनेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ ।
जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै नगरपालीका तथा गाविसहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्र जागरी गरिसको दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जाडोको समयमा धेरैवेर वाहिर नवस्न, न्यानो कपडा लगाउन तथा सुरक्षित स्थानमा बस्न सुचना सार्वजनिक गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij