शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

हिँड्दा हिँड्दै ज्यान गयो

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • बैतडी । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ ।

    मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए। प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने, “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।”

    धामीको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।

    जिल्ला अस्पताल दार्चुलामा शवपरीक्षणपछि आफन्तको जिम्मा लगाइसकिएको छ । शवपरीक्षण गरिएपनि कसरी मुत्यु भएको हो भन्ने रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरी निरीक्षक चन्दले बताए । धामी दार्चुलाको मालिकार्जुन र गोकुलेश्वर स्रोतकेन्द्रका स्रोतव्यक्ति थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij