शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् ।

    सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ ।

    जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन । जिल्लाको डुङ्री–देवल, रडुवा– वडम–मणिलेक सडक, शिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।

    यातायात सञ्चालनका लागि मापदण्ड नभएका सडक रहेका छन्, त्यसैमा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका यातायातका सवारी साधन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइन्छ ।

    ग्रामीण सडक निर्माणका क्रममा प्राविधिकको नापनक्सा नभई उपभोक्ता समितिका पदाधिकारीसहित डोजर चालकको भरमा सडक निर्माण हुने गरेका छन् ।

    यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले बताए ।

    जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

    रकमपछि विनियोजन गर्ने गरी स्थानीयवासिन्दा ठेकेदारलाई सडक निर्माणको जिम्मेवारी दिने गरेको पाइएको छ ।

    स्थानीयवासिन्दा आफँै रकम सङ्कलन गर्दछन् वा रकमपछि दिने गरी डोजर लगाएर सडक निर्माण गर्दछन् तर त्यो सडकको नक्साङ्कनका लागि जिल्ला प्राविधिक कार्यालयलाई कुनै जानकारी नै नहुने सडक मापदण्डमा कसरी निर्माण हुन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij