प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३
बैतडी । करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दार्चुला धौलाकोट– ४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
बिहान ७:३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij