शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

विद्युत्का काठेपोल कुहिन थालेपछि दुर्घटनाको त्रास

  • प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३



  • म्याग्दी । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् ।

    जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् ।

    विसं २०५४ मा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–४ बगरफाँटमा अहिले सबै पोल कुहिएको अवस्थामा रहेका छन् ।

    हालसम्म पनि पुराना काठेपोल नफेरिँदा स्थानीयवासी जोखिममा परेका हुन् । ‘गाउँभरिका सम्पूर्ण पोलको अवस्था अत्यन्त नाजुक रहेको छ, तार खेतमा छरिएका, रुखमा छोइएका छन्’ स्थानीय नारायण कार्की भन्छन् “काठेपोलले ज्यानको जोखिम बढाएको छ, सम्बन्धित निकाय र उपभोक्ता समितिको लापरबाहीका कारण विद्युत् उपभोगमा समस्या आएको छ ।” बगरफाँटमा रहेका ६० पोलमध्ये लगभग सबै पोल कुहिएको अवस्थामा रहेका छन् ।

    विद्युत् ल्याउने समयमा नै पोलको उचित व्यवस्थापन नगरी अव्यवस्थित रुपमा पोल गाडिएको र अहिले भाँचिने अवस्थामा पुग्दा पनि विद्युत प्राधिकरण तथा सरोकारवालाले कुनै पहल नगरेको गुणासो स्थानीयवासीको छ ।

    ‘जिल्लाका विभिन्न ठाउँमा एक हजार दुई सय भन्दा बढी काठेपोल रहेका र तिनको अवस्था दयनीय रहेको विद्युत् प्राधिकरण म्याग्दीका प्रमुख सीताराम शाहले बताए ।

    प्रमुख शाहका अनुसार अब काठेपोल प्रयोग गर्न नपाइने भएकाले एक÷दुई वर्षभित्रमा सबै काठेपोल फेरेर फलामे पोल गाड्ने प्राविधिकरणको योजना रहेका छन् ।

    एक नगरपालिका र ३५ वटा गाविस रहेको म्याग्दीमा अहिलेसम्म बेनी नगरपालिकासहित १९ वटा गाविसमा विद्युतीकरण भएको प्रमुख शाहले बताए। प्रमुख शाहका अनुसार गतवर्ष एक हजार फलामको पोल गाउँमा विस्तार गरिएको छ ।

    चालु आवमा बजेट कम भएको हुँदा गत वर्षको भन्दा कम फलामे पोल प्राप्त हुने भएकोले सबै ठाउँमा उपलव्ध गराउन कठिन हुने प्रमुख शाहले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij