प्रकाशित मिति : बुधबार, मंसिर २९, २०७३
काठमाडौं । श्रमलाई सम्मान गर्न जोड दिँदै दोस्रो श्रम संसद बैठक सम्पन्न भएको छ । काठमाडौमा बुधबार बसेको श्रम संसद बैठकले श्रमलाई सम्मान गर्न सरकारलाई पुनः दवाव दिएको हो ।
संसद बैठकमा बोल्दै नेपाल टे«ड युनियन महासंघ जिफन्टका अध्यक्ष विष्णु रिमाल, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष शालिकराम जमरकटेल लगायतका मजदुर नेताहरुले श्रमलाई सम्मान गर्न सरकारलाई पुन आग्रह गरेका छन । जिफन्टका अध्यक्ष रिमालले सरकारले ल्याएको नो वर्क नोे पे जस्ता ऐन खारेज गर्न पनि माग गरे । उनले श्रम सम्बन्धि अन्तराष्ट्रिय मापदण्ड विपरित सरकारले ल्याएका ऐन खारेज गर्न आफूहरुले संसद बैठकमार्फत पनि दवाव दिएको जानकारी दिए ।
श्रम संसद बैठकले श्रमिकहरुको हक अधिकार सम्बन्धि साझा धारणा बनाउने गर्दछ । अन्तराष्ट्रिय श्रम संगठन आईएलओसँग अनुबन्ध यो श्रम संसदमा नेपालका सबै राजनीतिक दलका श्रमिक सम्बन्धि संघ संगठन आवद्ध रहेका छन । श्रम संसद बैठकलाई सम्बोधन गर्दै आइएलओका महानिर्देशक गाई राईडरले नेपालका श्रमिकहरुको हितमा आफूहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij