प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने क्रममा भेटिएको पहेँलो वस्तु कुनै बहुमूल्य धातु नभएको पुनः पुष्टि भएको छ।
अघिल्लो बिहीबार सुरुङ खन्ने क्रममा अम्बाथान साइटमा पहेँलो पदार्थ भेटिएपछि खानी बिभागमा परिक्षणका लागि पठाइएको थियो ।
बिभागले गत सोमबार नै त्यो वस्तु सुन नभएको प्रारम्भिक प्रतिवेदन दिइसकेको थियो । तर स्थानीयले सुन नै भएको दावी गरेपछि बिभागले पुनः परिक्षण गरेको थियो र अहिले पनि सुन नभएको प्रमाणित भएको खानी तथा भूगर्भ बिभागका प्रवक्ता केडी झाले जानकारी दिए।
सुरुङ खन्ने क्रममा पहेँलो पदार्थ भेटिएपछि मेलम्चीको सुरुङ खन्ने काम नै रोकिएको थियो । खानी बिभागले सो स्थानमा १६.७ प्रतिशतमात्र तामा भेटिएको र यसलाई व्यवसायिक प्रयोगमा ल्याउन समेत नमिल्ने बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij