प्रकाशित मिति : बिहिबार, मंसिर ३०, २०७३
कपिलवस्तु । कपिलबस्तुको पेट्रोलपम्पमा डिजल लिनका लागी जर्किनको भाँडासहित सर्बसाधारणको लामो लाईन लाग्ने गरकोे छ ।
भारतका कतिपय व्यक्तिले कालोबजारी गर्न नेपालबाट डिजेलको तस्करी गरिरहेकाले पेट्रोलपम्पमा लाईन लाग्ने गरकोे हाे। भारत सरकारले डिजलको दर रेटमा बृद्धि गरेकोेले भारतमा नेपालको तुलनामा डिजेलको मूल्य बढी छ ।
भारतमा डिजलको मुल्य प्रति लिटर लगभग ५९ भारतिय रुपैया जसको नेपाली ९४ रुपैया हुन्छ भने नेपालमा डिजलको मुल्य प्रति लिटर ७३ रुपैयामा पाईने गरेको छ । यसले गर्दा भारत भन्दा नेपालमा प्रति लिटर २१ रुपैया सस्तो रहेको डिजल नेपालबाट भारतमा चोरी निकासी भईरहेको पाईएको छ ।
नेपाल भारत सिमा नाका खुल्ला भएकाले बिभिन्न नाकाबाट डिजल भारत जाने गरेको छ । अहिले खेतीपातीको समय भएकोले डिजेल बढी खपत भएकोले जिल्लाका किसानलाई भने डिजेलको लाइनमा बस्नुपर्छ । तर बिभिन्न नाकाबाट डिजल भारत जाने गरेको सीमानाकाका स्थानियले जानकारी गराएका छन् । डिजलबाट चल्ने मेशिनले धान काटने, गहू छर्नका लागी खेतमा पानी चलाउने मेशिनमा डिजलको बढी खपत हुने गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij