शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

कठ्यांग्रिएर एकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, पुस १, २०७३



  • सिरहा । केही दिनयता मध्य तराईमा बढेको चिसोका कारण सिरहामा कठ्यांग्रिएर एकको मृत्यु भएको छ ।

    अत्याधिक चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको अवस्थामा विहिबार जिल्लाको राजपुर १ कमला नहर किनारमा अन्दाजी ६० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

    सामान्य कपडा मात्र लगाएकोले बृद्धको कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीले बताए । मृतक बृद्ध मागेर खोने जस्तो देखिएकोले निजको कपडाको अभाबमा जाडोले मृत्यु भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।

    मृतकको पहिचान खुल्न नसकेको प्रहरी बताए । शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहामा राखिएको प्रहरीले बताएको छ ।

    निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने मजदुरहरु बढी प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीमा समेत असर परेको छ ।

    चिसोकै कारण विद्यालयमा पठनपाठन समेत प्रभावित भएको छ भने मध्यतराईका कतिपय जिल्लामा विद्यालय बन्द गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij