शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

ग्लोबल आइएमई बैंकलाई ‘बेष्ट इन्टरनेट बैंक २०१६’ अवार्ड

  • प्रकाशित मिति : शनिबार, पुस २, २०७३



  • काठमाडौं । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६ – नेपाल” अवार्डबाट सम्मानित भएको छ ।
    सिगांपुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीले ले सो पुरस्कार ग्रहण गरे ।
    ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्धारा सम्मानित गरेको हो ।

    ग्लोबल आइएमई बैंके नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।

    बैंकले आफ्ना ग्राहकहरु माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।
    ८२ अर्व निक्षेप, ६९ अर्व कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखाहरु, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १वटा सि.डि.एस.काउण्टर रहेका छन् ।

    त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij