प्रकाशित मिति : शनिबार, पुस २, २०७३
काठमाडाैं । नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनबाट प्रकाशप्रसाद अधिकारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् ।
राजधानीको धापासी जेसिजमा सम्पन्न नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्वअध्यक्ष अधिकारीले ६५७ मत ल्याई राष्ट्रिय अध्यक्षमा निर्र्वािचत भएका हुन्।
महाधिवेशनमा मुलुकभरीका एक सय ३८ जेसिज शाखाको सहभागी रहेको थियो ।
महाधिवेशनले कार्यकारिणी उपाध्यक्षमा क्रमशः कैलाश खाकी, विनोद सुवेदी, श्रीधर बस्याल र सुुशीलकुमार श्रेष्ठ निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षमा अतुल प्रसाई, शोभा खरेल, राजु पौडेल, हेमराज खनाल, भीम गिरी, विकास मानन्धर, विकाश महर्जन, सङ्गिता खड्का, सुुशीला शाही, सन्तोष रौनियार, रामशरण सिलवाल र मञ्जरी घिमिरे विजयी भएको नेपाल जेसिसले जनाएको छ ।
नवनिर्वाचित पदाधिकारीले शपथ लिएपछि आजै महासचिवमा भरत प्रसाई, कानुनी सल्लाहकारमा राजाबाबु शाह र कोषाध्यक्षमा आनन्द अधिकारीलाई मनोनित गरी सभाबाट अनुमोदन गराएको नेपाल जेसिसले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij