जातिय कल्स्टरकाे अाधारमा हाेइन, अग्राधिकारको अाधारमा राज्यकाे माग गर्नुपर्दछ ।
नेपाल मगरसंघकाे अायाेजनामा पाँच नम्बर प्रदेश पुनः संरचनामा मगरसमुदायकाे भबिष्य बिषयक अन्तरक्रिया कार्यक्रम मगरसंघकाे जिल्ला कार्यलयमा सम्पन्न भएको छ।
साे कार्यक्रममा नेकपा एमालेकाे के .स. मेटमणि चाैधरिले भन्नुभयाे – अब मुलुकलाई जातिय कल्स्टरकाे अाधारमा हाेइन, मुद्दा र मनाेबिज्ञानकाे अाधारमा अगाडि बढनुपर्दछ । नेपालका जनजातिहरूकाे अधिकारलाई सुरक्षित गर्नकाे लागि चिनियाँ माेडेलकाे अग्राधिकार काे अाधारमा अगाडि बढेपछि मात्रै हामिले साेँचेकाे जस्ताे जनजाति नेताहरूलाई राज्य सञ्चालन गर्ने ठाँउमा पुरयाउन सक्छाै ।
यसैले जनजातिहरूले उठाँउदै अाएकाे जातिय कल्स्टरकाे कुरा गर्नु हुँदैन ।
बरू अग्राधिकारकाे कुरालाई महत्वकाे साथ उठाउनु पर्दछ । यसैगरि अर्काे प्रसंगमा सरकारले प्रस्ताव गरेकाे संबिधान संशाेधनकाे विषयमा वहाँले भन्नुभयाे – सरकारले संशाेधनकाे लागि प्रस्ताव राष्ट्रघाति, जनघाति, विखडनकारि र संविधान बिराेधि भएकाेले यसकाे बिराेध सबैले गर्नुपर्ने कुरामा जाेड दिनु भएकाे थियाे । याे अान्दाेलन नेकपा एमालेसंग मात्रै जाेडेर नहेर्नकाे लागि समेत वहाँले सबैमा अनुराेध समेत गर्नु भएको थियो ।