शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

पुल निर्माण नहुँदा हरित सडक उपयोगविहीन

  • प्रकाशित मिति : आइतवार, पुस ३, २०७३



  • खोटाङ । पुल निर्माण नहुँदा खोटाङको दिक्तेल–खोटाङबजार जोड्ने हरित सडक उपयोगविहीन बनेको छ । साप्सु र तावा खोलामा पुल निर्माण नहुँदा ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार सडक उपयोगमा आउन नसकेको हो ।

    बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप) ले ११ वर्ष लगाएर विसं २०६९ साल असारमा निर्माण पूरा गरेको सडक हालसम्म उपयोगविहीन बनेको छ । ¥यापले रु ३६ करोड तीन लाख ९९ हजार ३९१ को लागतमा वातावरणमैत्री प्रविधि अपनाएर सडक निर्माण गरे पनि बाटोमा पार गर्नुपर्ने दुईवटा खोलामा पुल नबनाउँदा सडक हालसम्म बेकम्मा बनेको हो ।

    सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका गाविसलाई जोड्नका लागि निर्माण गरिएको एकमात्र सडक हाल उत्तिकै खर्च गरेमात्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको जिल्ला प्राविधिक कार्यालय, खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले बताए ।

    कुटो, कोदालो, ह्याम्मर, साबेल, गैँतीलगायतका घरेलु उपकरण प्रयोग गरेर स्थानीयवासीको सहभागितामा सन् २००२ देखि सडक निर्माणको काम थालेको ¥याप फिर्ता गएको लामो समय बित्दासमेत सडक उपयोगमा आउन सकेको छैन ।

    सडक सञ्चालनमा ल्याउनका लागि साप्सु खोलामा मङ्सिर २२ गतेदेखि मोटरेबल पुल निर्माणको काम सुरु गरिए पनि तावा खोलामा पुल निर्माणको सुरसार छैन । तावा खोलामा दुई वर्षअघि पाँच मिटरको पक्की पुल निर्माणका लागि डिजाइन गरिएको भए पनि काम सुरु नहुँदै बाढीले चौडाइ बढाएपछि पुल निर्माणको काम रद्ध भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij