प्रकाशित मिति : आइतवार, पुस ३, २०७३
शिवराज खनाल , दाङ । दाङ जिल्ला रेडियो प्राविधिक संघले देउखुरीको बेलामा पुगेर अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
बेला गाविस २ कठबेरुवामा पुगेर स्थानिय विकासको सम्भाबना र चुनौतीका विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गरेको स्थानिय कृत्रिम ताल, गुरुङ खोलाबाट लघु जलविद्युत उत्पादनका लागि भएको सम्भाब्यता अध्ययन, कृषि, पशुपालनको सम्भाबना र चुनौतीका विषयमा अन्र्तक्रिया भएको हो ।
कार्यक्रममा स्थानिय समाजसेवी एवं युवा विरेन्द्र ठेडी ,मगरले कृषि र पशुपालन आम्दानीको स्रोत भएको भन्दै यसलाई अझै व्यवसायीक बनाउन नसकिएको बताउनुभयो । थारु समुदाय र पहाडी समुदाय विच मिलेर बसेको कठबेरुवाको आसपासको क्षेत्र पर्यटकिय रुपमा विकास गर्न सकिने बताउनुभयो ।
पर्यटकीय क्षेत्रको रुपमा स्थानिय रुपमा निर्माण भएको ताल, मन्दिरहरुको प्रचारप्रसार गर्न आबस्यक रहेको उहाले बताउनुभयो । संघका अध्यक्ष शिवराज खनालको अध्यक्षता तथा स्थानिय समाजसेवी विरेन्द्र ठेडी मगरको प्रमुख आतिथ्यता र पत्रकार नवीन अभिलाषीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशिष्ठ अतिथी अभिलाषीले ग्रामिण क्षेत्रमा रहेका विकासका सम्भाबनाहरुको समयमै अध्ययन गरी निर्माणको चरणमा लाग्नु पर्ने बताउनुभयो ।
त्यसको लागि सञ्चार माध्यमले मध्यस्तकर्ताको रुपमा भुमिका निर्बाह गर्नुपर्ने उहाको भनाई छ ।
दाङ जिल्ला रेडियो प्राबिधिक संघका उपाध्यक्ष माधब कँडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब राजकुमार चौधरीले गर्नुभएको थियो ।
जिल्लाका रेडियोमा कार्यरत प्राविधिकहरुको छाता संगठनले प्रत्येक महिना पर्यटकिय तथा सम्भावित क्षेत्रमा पुगेर त्यहाको विकासमा स्थानियहरुको भुमिकाका विषयमा कार्यक्रम गर्दै आएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij