प्रकाशित मिति : आइतवार, पुस ३, २०७३
लुम्बिनी । आफ्नो पाँच बूंदे माँग पूरा गराउन लुम्बिनी बिकास कोषमा मंसीर २७ गतेदेखि आन्दोलनरत ज्यालादारी तथा सेवाकरार कर्मचारीहरुले आन्दोलनको दोस्रो चरणको आन्दोलन अन्र्तगत आईतबार देखि आमरण अनसन शुरु गरेका छन् ।
उनीहरुले पूर्बघोषित कार्यक्रम अनुसार कोषमा कार्यरत सम्पूर्ण ज्यालादारी तथा सेवाकरार कर्मचारीहरुलाई प्रकृया पुरयाई बढुआ स्थायी गनुपर्ने, कोषमा भईरहेको आर्थिक अनियमितता तथा भ्रष्टाचारको अन्त्य, बिगत आन्दोलनको समयमा रोकिएको साढे तीनमहिनाको तलबसेवासुबिधा उपलब्ध गराउनु पर्ने सदस्य सचिवको राजीनामा लगायत माँग राखि शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अन्र्तगत माँग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी गरेका हुन ।
आफूहरुले राखेको माँग प्रति ब्यवस्थापन पक्षले कानमा तेल हाले जस्तै बेवास्ता गरेका कारण बाध्यात्मक परिस्थितीमा आमरण अनसन आन्दोलन जारी गरेको हुदा माँग पुरा गराउन सरोकार वालाले सहयोग गर्नुपर्ने आन्दोलनका प्रमुख रबिन्द्रनाथ शुक्लाले जानकारी गराए ।
ज्यालादारी तथा सेवाकरार कर्मचारीहरु कोष स्थित कर्मचारी युनियनको सदस्य नभए ता पनि लुम्बिनी बिकास कोषको कर्मचारी भएको हैसियतले उनीहरुको आन्दोलन प्रति युनियनको नैतिक समर्थन रहेको युनियनका अध्यक्ष ध्रव नारायण पाण्डेयले बताए ।
उनले बिगतमा कर्मचारी युनियनले आन्दालन गर्दा दश बर्ष देखि कार्यरत ज्यालादारी र सेवाकरार कर्मचारीहरुलाई स्वतः स्थाई गर्नुपर्ने माँग राखी आन्दोलन गरिसकेको जानकारी गराए ।
यद्यपि उनीहरुको जायज माँग पूरा गर्नका लागि कोष गम्भीर भएको हुदा अबिलम्ब कार्यकारिणी समितीको बैठक बसी छलफल गर्ने कोषका उपाध्यक्ष भिक्षु निग्रोध ( सिद्धार्थ महर्जन ) ले स्पष्ट पारेका छन ।
यस अघि पनि गतबर्ष ती कर्मचारीहरुले चारमहिना सम्म आन्दोलन गर्दा तात्कालीन संस्कृतिमन्त्री आनन्दपोखरेलको निर्देशनमा उपाध्यक्ष निग्रोधले एक महिना भित्रै माँग पूरा गर्ने लिखित सहमती गरेको लामो समय बितीसक्दा कार्यन्वयन नहुदा उनीहरु पुनःएक बर्ष पछि आन्दोलनमा उत्रेका हुन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij