प्रकाशित मिति : सोमवार, पुस ४, २०७३
झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा सवार मेनपा–७ निवासी २० वर्षीय मोटरसाइकल चालक मनोज मेचे र सोही ठाउँका १७ वर्षीय रुपेश मेचेको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज ल्याइए पनि उनीहरुको उपचारकै क्रममा राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी झापाका ले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij