शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

छाउपडी गोठमा किशोरीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • काठमाडौँ । महिनावारी भएका वेला छाउपडी गोठमा बसेकी अछाम गाज्रा–७ की १५ वर्षीया रोशनी तिरुवाको गोठमै मृत्यु भएको छ । शनिबार बेलुकी करिब ६ बजेतिर खाना खाएर गोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएको उनका बाबु भरत तिरुवाले बताए ।

    स्थानीय राष्ट्र भाषा माविमा कक्षा ९ मा अध्ययनरत रोशनीले शनिबार स्कुल बिदा भएकाले जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् ।

    उनी महिनावारी भएको आइतबार तीन दिन भएको परिवारका सदस्यले बताए ।

    धुवाँले निसास्सिएर मृत्यु भएको हुन सक्ने अनुमान

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले घरदेखि करिब २० फिट टाढा रहेको गोठ निकै साँघुरो र ढोकाबाहेक हावा छिर्ने अरू कुनै ठाउँ नहुँदा आगोको धुवाँले निसास्सिएर मृत्यु भएको हुन सक्ने बताए ।

    ‘बेलुकी सुत्दा आगो बालेर सुतेको र ढोकासमेत हावा नछिर्ने गरी लगाएकाले निसास्सिएर उनको ज्यान गएको हुन सक्ने देखिन्छ,’ ढकालले भने । रोशनीको शव आइतबार नै पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको उनले बताए ।

    गाज्रा छाउपडी गोठमुक्त गाविस

    गाज्रा छाउपडी गोठमुक्त घोषणा भएको गाविस हो । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित छाउपडी निवारण परियोजनाअन्तर्गत ९ असोज ०७२ मा गाज्रालाई छाउपडी गोठमुक्त घोषणा गरेको थियो । गाज्रा छाउपडी गोठमुक्त गाविस घोषणा भए पनि अधिकांश महिला महिनावारी हुँदा गोठमै बस्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij