शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

बालश्रमको अनुगमन तीव्र

  • प्रकाशित मिति : सोमवार, पुस ४, २०७३



  • विराटनगर । बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको छ ।विराटननगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले आइतबार नगरका विभिन्न होटल, ग्यारेज, फ्रेसहाउस तथा रेस्टुरेँन्टमा अनुमन तथा निरीक्षण गरेको थियो ।

    अनुगमनका क्रममा बाल श्रमिक पाइएका व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रमाणपत्र जफत गर्नुका साथै उनीहरुलाई पुस ७ गतेभित्र विराटनगर उपमहानगरपालिकामा सम्पर्क राख्न पत्र थमाइएको अनुगमनमा खटिएका विराटनगर उपमहानगरपालिकाका प्रशासन प्रमुख राजेन्द्र प्रधानले जानकारी गराए ।

    मानवअधिकार तथा वातावरण मञ्च ९फरेन०को संयोजनमा भएको सो अनुगमनमा संयुक्त टोल सङ्गठन नगर समिति, ट्रेड युनियनका नेताहरु, प्रहरी तथा विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए ।गत जेठ महिनामा विराटनगर बालमैत्री नगर घोषित भएकाले यस नगरभित्र बालश्रम नसुहाउने भएकाले विराटनगर उपमहानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij