शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

काभ्रेको पाँचखालमा झडप, छ घाइते

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • बनेपा ।  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ तीनपिप्लेमा भएको घटनाको विषयलाई लिएर मंगलबार प्रहरीले चक्का जाम खुलाउँदा आज प्रहरी र पीडित पक्षका आफन्तबीच झडप भएको छ । झडपमा चार प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन् ।

    पीडितका आफन्तले अरनिको राजमार्गको पाँचखाल सडकखण्डमा गरेको चक्का जाम खुलाउन लाग्दा प्रहरीमाथि ढुङ्गामुढा भएकाले प्रहरीले भीड हटाउन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए।

    उनले अहिले जनजीवन सामान्य भएको जानकारी दिँदै यातायातका साधन सञ्चालन भएको बताए । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडाले पीडित पक्ष र स्थानीय प्रशासनबीच दोषीलाई अधिकतम सजाय दिने, लापरबाही रुपमा टिपर चलाउने विषयमा एक सातामा कार्यदल बनाएर छानबिन गर्ने र कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराउने विषयमा सहमति भएको बताए ।

    सोमबार पाँचखाल नगरपालिका–४, तीनपिप्लेमा काठमाडौँबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ ख ६६६९ नं को टिपर पल्टिएर थिचिँदा पात्लेखेत गाविसस्थित ठाकुर निमाविमा कार्यरत शिक्षक कृष्ण त्रिपाठीको मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij