शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

  • प्रकाशित मिति : बुधबार, पुस ६, २०७३



  • काठमाडौं  । सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन पुस ८ गतेबाट सुरु हुने भएको छ ।

    मुलुक संघीय संरचनामा गएपछि अदालतको संरचना र महान्यायधिवक्ताको कार्यालयको क्षेत्राधिकारका विषयमा छलफल हुने गरी काठमाडौंमा सम्मेलन हुने जानकारी गराइएको हो ।
    महान्यायाधीवक्ताको कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी न्यायपालिकाको संरचना, महान्यायधीवक्ताको कार्यालयको कार्यक्षेत्रमा भएको पुनरावलोकन लगायतका बारे वृहत्तर छलफल हुने गरी सम्मेलन आयोजना गरिएको उल्लेख गरेको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै महान्यायाधिवक्ता रमन श्रेष्ठले संविधानको नयाँ व्यवस्था अनुसार अन्य सरकारी निकायसँग सरकारी वकिलले समन्वय गरेर कसरी काम गर्ने भन्ने बारेमा सम्मेलनमा गहन छलफल हुने बताए ।

    उनले घटनाको अभियोजन र अनुसन्धानमा प्रहरी र सरकारी वकिलबीच भएका समस्याको बारेमा पनि सम्मेलनमा छलफल हुने स्पष्ट पारे ।
    महान्यायधिवक्ता श्रेष्ठले अञ्चल प्रहरीले अपराध अनुसन्धानको जिम्मा पाएकाले सरकारी वकिल र प्रहरीबीच हुने असमझदारी हटाएर कार्यशैलीमा एकरुपता ल्याउन सम्मेलन केन्द्रीत हुने पनि उल्लेख गरे ।

    सम्मेलनमा फौजदारी न्याय प्रशासन र फौजदारी कानुनहरुमा भएको नयाँ व्यवस्थाका बारेमा सरकारी वकिलहरुको साझा धारणा बनाइने पनि उल्लेख गरिएको छ । महान्यायधिवक्ताको कार्यालयका कमि कम्जोरी पत्ता लगाइ कार्यशैली सुधार गर्ने बारेमा पनि सुझाव लिन सम्मेलन फलदायी हुने आयोजकहरुले जनाएका छन ।

    सम्मेलनको उदघाटन राष्ट्रपति विद्या भण्डारीले गर्नु हुनेछ । सम्मेलनमा महान्यायधिवक्ता, नायव महान्यायधिवक्ता, सहन्यायधिवक्ता, लगायत सरकारी वकिलसहित ३ सय ५० भन्न्दा बढि सहभागी हुनेछन । सम्मेलनमा पाँच विकास क्षेत्रमा केन्द्रित भएर ३० वटा कार्यपत्र प्रस्तुत हुने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij