शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

उपत्यकामा बन्दमा पनि साझाका ४० बस नियमित सेवामा

  • प्रकाशित मिति : बिहिबार, पुस ७, २०७३



  • काठमाडौँ । सार्वजनिक यातायात कम सञ्चालन भएर यात्रुलाई आवतजावतमा समस्या भएका बेला पनि साझा यातायातका ४० वटा बसले भने उपत्यकामा नियमित सेवा दिइरहेको छ ।

    पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दले अन्य सवारीसाधनमा आंशिक प्रभाव पारेपनि साझा यातायातमा भने कुनै प्रभाव परेको छैन । यातायातले ३६५ दिन नै सेवा दिने गरेको निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

    “लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० वटा बस पूर्ववत् सञ्चालनमा छन्”– उनले भने ।

    साझाका छ बसले उपत्यका बाहिर पनि निरन्तर सेवा दिइरहेको छ । उपत्यका बाहिर काठमाडौँ–बागलुङ दुई, काठमाडौँ–वीरगन्ज दुई र काठमाडौँ–भैरहवा लुम्बिनी दुई गरी छ वटा बस सञ्चालनमा छन् ।
    लामो दूरीमा १० डिलक्स बस खरिद गर्ने निर्णय भइसकेको साझाले जनाएको छ ।

    उपत्यकामा थप बस सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड लगानी गर्ने भएको छ । अन्य नगरपालिका र जिल्ला विकास समितिसँग पनि सहकार्य एवम् लगानीका लागि अनुरोध गरिएको निमित्त महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

    साझा यातायात सहकारी संस्थाको स्थापना विसं २०१८ मा भएको हो । सहकारीले विसं २०१९ देखि सार्वजनिक सेवाका लागि साझा यातायात सञ्चालनमा ल्यायो । सञ्चालनका क्रममा साझा बन्द हुने र खुल्ने क्रम चलिरह्यो ।

    पछिल्लो पटक विसं २०५८ माघ ११ गते सरकारले साझालाई खारेज गर्ने निर्णय ग¥यो । सो निर्णयका विरुद्ध साझाका केही कर्मचारी र सेयर होल्डर अदालत गए । अदालतले विसं २०५९ माघ १५ गते खारेजको निर्णय बदर ग¥यो । विसं।२०६० वैशाखदेखि साझाको व्यवस्थापन सुरु भयो । जेठदेखि त्यहाँ रहेका बस मर्मत गरेर र निजी क्षेत्रसँग सहकार्य गरी सञ्चालन हुन थालेका थिए।

    साझाले निजी क्षेत्रसँगको सहकार्यमा चीनको ल्हासा र भारतको नयाँ दिल्लीमा पनि सिधा बस सेवा सुरु गरेको थियो । विविध कारणले २०६२/२०६३ को आन्दोलनका बेला सेवा प्रभावित भयो । पछि फेरि २०७० साल वैशाख १ गतेदेखि साझाले पुनर्जीवन पायो । हाल देशभर साझाका ४६ सवारी सञ्चालनमा छन् ।

    साझामा महानगरपालिकाको ८६ प्रतिशत, सरकारको १० प्रतिशत र चार प्रतिशत सर्वसाधारण एवम् सङ्गठित संस्थाको सेयर छ ।

    हाल २२५ साझाका सेयर सदस्य छन् । यतिखेर साझा समग्रमा नाफामा रहेको निमित्त कार्यकारी अधिकृत पाण्डेले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij