प्रकाशित मिति : बुधबार, पुस २२, २०७७
काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दाको सुनुवाइ सुरु भएका बेला पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा।बाबुराम भट्टराईले सर्बोच्च अदालतले सजिलो बाटोबाट प्रधानमन्त्रीको ‘गैर संवैधानिक’ कदम नसच्याए अरु बाटो रोज्नुपर्ने चेतावनी दिएका छन्।
संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धका रिटहरुमाथिको सुनुवाई शुरु भइरहेका बेला डा. भट्टराईले ट्वीट गर्दै अरु बोटो रोज्न नपरोस भन्ने धम्की दिएका हुन्।
डा. भट्टराईले भनेका छन्– आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ। ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ। अरू बाटो रोज्न नपरोस्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij