शुक्रबार, कार्तिक २१, २०८३ | Friday 6th November 2026

७४ हजार नागरिक मतदाता नामावलीमा नाम दर्ता गराउनबाट बन्चित

  • प्रकाशित मिति : शुक्रबार, पुस ८, २०७३



  • कपिलबस्तु । कपिलबस्तुमा करिब ७४ हजार नागरिक मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुटेका छन् । निर्बाचन आयोगले बर्षेनी नामावली संकलन गर्ने कार्यक्रम गर्दै आए पनि उनीहरुको पहुच पुग्न सकिरहेको छैन ।

    बसाईसराई, चेतनाको अभाव तथा बिदेश पलायन नै नामवली दर्ता गराउन नसक्नुको मुख्य कारण रहेको जिल्ला निर्बाचन कार्यालय कपिलबस्तुका प्रमुख ज्ञानहरि घिमिरेले बताएका छन् । जिल्लामा करिब ४० हजार भन्दा बढि १८ बर्ष उमेर पुरा भइ मतदान गर्न सक्षम जनता बिदेशमा रहेको समेत उनले बताए । “अहिले कपिलबस्तुमा २ लाख ७१ हजार तिनसय ९४ जना मतदाता रहेका छन्”, उनले भने ।

    जिल्लामा २०७३ असोज मसान्त सम्ममा २ लाख ७३ हजार ४ सय ८ जना निर्वाचन कार्यालयमा दर्ता भएकाको संख्या रहेको छ । यहि पौष १४ गतेदेखि जिल्लामा मतदाता नामवली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ शुरु गरिने पनि जनाइएको छ । जिल्लाका सबै ५३ गाबिस र ६ नगरपालिकामा नामवली संकलनका लागि १ सय ३९ स्थानमा कम्तीमा २ दिनका दरले दर्ता कार्यक्रम संचालन गरिने निर्वाचन कार्यालयले आज गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम (दावी बिरोध समेत) २०७३ को सर्वपक्षिय अन्र्तक्रिया कार्यक्रममा जनाइएको हो ।

    “११ वटा टोली बनाइ गरिने कार्यक्रम २०७३ माघ १५ गतेसम्म संचालन हुने” जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताउदै यस्लाइ सबै मिलेर सफल पार्न सबैपक्ष समक्ष अनुरोध गरे ।

    माघ १५ सम्ममा दर्ता कार्य सम्पन्न भएको नामावलीलाई एकिकरण तथा दावी बिरोध समेतको प्रकृया पुरा गरि माघ मसान्त सम्ममा अन्तिम नामावली तयार पार्ने लक्ष्य जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुको रहेको छ । सोहि कार्यक्रममा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम २०७३ लाइ सम्पन्न गर्न राजनैतिक दलहरुसंगै संचारमाध्यमको भुमिका अनिवार्य रहेको बताए । “नागरिकता ऐन २०६३ को संशोधन सम्बन्धि अहिले भइरहेको समस्यालाई छिट्टै नै समायोजन गरि निर्वाचनको मुख्य बिषयबस्तु बनाउनुपर्छ,” समेत प्रजिअ घिमिरेले जोड दिए ।

    कार्यक्रममा राजनितिक दलका तर्फबाट दिपक पाण्डे, सन्तराम अग्रहरि, सुरज कुमार गुप्ता लगायतले मधेसको नागरिकताको समस्यालाइ छिट्टै नै समाधान गरिनुपर्ने अन्यथा यो बर्ष पनि मतदाता नामावली संकलन कार्यक्रम अवरुद्ध पार्र्ने चेतावनी दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा
    न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र
    एनपीएलमा जनकपुर लुम्बिनीले दिएको १५० रनको चुनौती पछ्याउँदै
    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij