प्रकाशित मिति : शनिबार, पुस ९, २०७३
खोटाङ । ‘किरात गणराज्य संस्थागत गर्न चौथो सम्मेलन सफल पारौं’ भन्ने नारासहित माओवादी केन्द्र भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो सम्मेलन तयारी पूरा भएको छ ।
आगामी पुस १६ र १७ खोटाङको दिक्तेलमा हुन लागेको सम्मेलनलाई माओवादी केन्द संगठन विभागप्रमुख तथा पार्टी हेडक्वार्टर समिति सदस्य रामबहादुर थापा (बादल), स्थायी समिति सदस्य तथा एक नम्बर प्रदेश इन्चार्ज गोपाल किराती, सुरेश आलेमगरलगायत नेताले सम्बोधन गर्ने भएका छन् ।
सम्मेलनमा सहभागी नेताले प्रशिक्षणसमेत दिने भएका छन् । सम्मेलनमा किरात राज्य प्राप्तिका लागि योग्दान गर्दै आएका कलाकारको प्रस्तुतिसमेत रहनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij