आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरु जुधाउन दलीय भागबण्डामा समिति गठन

  • प्रकाशित मिति : शनिबार, पुस ९, २०७३



  • नुवाकोट । नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि दलीय भागबण्डामा ‘गोरु जुधाई मेला व्यवस्थापन समिति’ गठन गरिएको छ ।
    कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भागबण्डाका आधारमा समिति गठन गरिएको छ । तारुकामा भएको भेलाले दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो । शाक्य कांग्रेस गाउँपार्टीका सचिव हुन् ।

    सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहेका छन् । एकाधबाहेक उनीहरु दलीय प्रतिनिधि हुन् ।

    भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । ढुंगाना माओवादी केन्द्र निकटका हुन् ।

    समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ ।

    तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ ।

    यसैबीच नुवाकोटकै बेत्रावतीमा पनि गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij